Like us!
Follow us!
Connect us!
Watch us!

पाँच कम्पनीको करिब ६१ लाख कित्ता नयाँ सेयर आउँदै, कुनको कति ?

शनिबार, ०८ पुस २०७४, ११ : ०९ मा प्रकाशित

पाँच कम्पनीको करिब ६१ लाख कित्ता नयाँ सेयर आउँदै, कुनको कति ?

अर्थ संसार, काठमाडौं - नेपाली धितोपत्र बजारमा ६१ लाख कित्ता नयाँ सेयर आउने भएको छ । धितोपत्र बोर्डले पाँच कम्पनीहरूलाई सो संख्यामा सेयर निष्कासन गर्न अनुमति दिइसकेको छ ।

अनुमति पाएका पाँच कम्पनीहरूमध्ये तीन कम्पनीले आइपिओ जारी गर्नेछन् भने दुई कम्पनीले एफपिओ जारी गर्नेछन्।

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ११ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । बोर्डले कम्पनीलाई आइपिओ निष्कासन गर्न मंसिर ५ गते अनुमति दिएको हो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । अनुमति पाएको साञ्जेन जलविद्युत् कम्पनीले भने प्रोमोटर सेयरधनी कम्पनी, कर्मचारी सञ्चय कोष र लेन्डिङ कम्पनीका कर्मचारीहरूका लागि सो आइपिओ जारी गर्ने तयारी गरेको छ ।

मंसिर २६ गते बोर्डबाट स्वीकृति पाएको कम्पनीले ८७ हजार ६ सय कित्ता निष्कासन गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट रहेको छ ।

मंसिर २९ गते बोर्डबाट आइपिओ निष्कासन गर्ने अनुमति पाएको उन्नति माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । कम्पनीलाई बोर्डले १ लाख ६५ हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

एफपिओ निष्कासन गर्न अनुमति मागेको दुई कम्पनीहरूलाई बोर्डले मंसिर १८ गते अनुमति दिएको थियो । प्रिमियर इन्स्योरेन्स कम्पनी ९नेपाल० लिमिटेडले ६ लाख ५९ हजार ५ सय ६५ कित्ता थप सार्वजनिक निष्कासन गर्ने अनुमति पाएको छ ।

कम्पनीले प्रतिकित्ता रू। १ सय अंकित मूल्यमा ६ सय ९९ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता ७ सय ९९ रुपैयाँमा सो सेयर निष्कासन गर्नेछ । पुस १६ गतेदेखि निष्कासन तथा बिक्री खुला हुने सो एफपिओ, छिटोमा पुस १९ गते र ढिलोमा माघ १५ गते बन्द हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार २ सय ९० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

बुटवल पावर कम्पनी लिमिटेडले ४० लाख ८१ हजार कित्ता थप साधारण सेयर निष्कासन गर्न बोर्डबाट अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा प्रिमियमबापत ४ सय १ थप गरी प्रतिकित्ता ५ सय १ रुपैयाँमा सेयर निष्कासन गर्नेछ । प्रिमियर इन्स्योरेन्स र बुटवल पावर दुवै कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको