Like us!
Follow us!
Connect us!
Watch us!

रोकिएन सेयर बजार घट्ने क्रम

आइतबार, ०९ पुस २०७४, १५ : ३३ मा प्रकाशित

रोकिएन सेयर बजार घट्ने क्रम

अर्थ संसार, काठमाडौं–  साताको पहिलो दिन आज (आइतबार)  धितोपत्र बजार सामान्य अंकले घटेको छ । नेप्से ४.८४ अंकले घटेको छ ।

आज नेप्सेको फाइनान्स उपसमूह बाहेक अरु सवै उपसमूहरु राताम्मै भएको छ । फाइनान्स ३४ अंकले बढ्दा बैंक २.१३ अंक, ट्रेडिङ २.७१ अंक, होटल ७.८४ अंक, विकास बैंक १३.९२ अंक, हाइड्रोपावर ३.९१ अंक, इन्स्योरेन्स ३६.७८ अंक, उत्पादन १३.७८ अंक, माइक्रोफाइनान्स ३.३५ अंक र अन्य ८.१ अंकले घटेको छ ।

कारोबार सुरु भए देखि माथि लागेको नेप्से इन्डेक्स मध्ये दिनमा १४८० विन्दुमा पुगेको थियो । १२ बजेदेखि विस्तारै ओरालो लागेको नेप्से इन्डेक्स १४६४ विन्दमा आइ कारोबार बन्द भएको छ ।

जम्मा १ सय ६१ वटा कम्पनीको १४ लाख ५७ हजार ४ सय २० कित्ता सेयर खरिविक्री हुँदा ९५ करोड ८२ हजार ८ सय ४० रुपैयाँको कारोबार भएको छ । सामान्य अंकले घटेको बजारमा कमाउने र  गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

5a3f79ae2bc93.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको