Like us!
Follow us!
Connect us!
Watch us!

एमालेका राजन भट्टराईसहित माओवादी,कांग्रेस र राप्रपाका यी नेता गए कम्बोडिया

अर्थ संसार

विहीबार, ०६ मंसिर २०८१, १६ : ५७ मा प्रकाशित

एमालेका राजन भट्टराईसहित माओवादी,कांग्रेस र राप्रपाका यी नेता गए कम्बोडिया

अहिले कम्बोडिया कम्बोडिया भनेर नेपालमा निकै चर्चा छ।  

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको अर्बौं लगानी रहेको दाबीसहित फेक डकुमेन्टसहित दुष्प्रचार गरेपछि यो विषयले निकै चर्चा पाएको छ । र, दुर्गा प्रसाईं  पक्राउ परिसकेका छन् ।तर फेरि नेकपा एमालेका विदेश विभागका पूर्वप्रमुख डा. राजन भट्टराईसहितका नेताहरु कम्बोडिया गएपछि यसलाई पनि जोडेर अर्को गलत प्रचार हुन थालेपछि राजन भट्टराईले कम्बोडिया जाने नेताहरूको सूची सार्वजनिक गरेका छन् ।

आजदेखि  हुने आईक्यापको १२ औं अधिवेशनमा भाग लिन गएका १४ नेताको विवरण उनले सार्वजनिक गरेका हुन् ।

सामाजिक सञ्जालमा टिप्पणी भइरहँदा भट्टराईले धेरैले चासो लिएको भन्दै दल र नेताको विवरण सार्वजनिक गरेका छन् ।

भ्रमण टोलीमा एमालेबाट डा. भट्टराई र हालका विदेश विभाग प्रमुख रघुवीर महासेठ छन् । टोलीमा कांग्रेसकी नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला र पूर्वसांसद दिव्यमणि राजभण्डारी, माओवादीका अग्नी सापकोटा र गोकर्णप्रसाद भाट, राप्रपा नेता उद्धव पौडेल र केदारबहादुर अधिकारी, जनमतका सीके राउतलगायत पनि भ्रमण टोलीमा रहेका छन् ।

673f1652213fd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको