Like us!
Follow us!
Connect us!
Watch us!

सात कम्पनीको हकप्रद सेयर खुल्ला, कुनको कति ?

मंगलबार, ११ पुस २०७४, १२ : ४७ मा प्रकाशित

सात कम्पनीको हकप्रद सेयर खुल्ला, कुनको कति ?

अर्थ संसार, काठमाडौं– सेयर बजारमा ५ वटा कम्पनीको हकप्रद सेयर निष्काशन भएको छ  ।

हकप्रद सेयर निष्काशन गर्ने कम्पनीहरुमा माउण्ट मकालु डेभलपमेन्ट बैंक, भार्गव विकास बैंक, रिलायन्स फाइनान्स, सिभिल बैंक र गण्डकी विकास बैंक रहेका छन् ।

यसैगरी सांग्रिला डेभलपमेन्ट बैंक र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशनको तयारी गरिरहेका छन् ।

  • माउण्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेड

मंसिर ७ गतेदेखि पुस १२ गतेसम्म बैंकले २ शेयर बराबर १ शेयरको अनुपातमा हकप्रद सेयर निष्काशन भैरहेको छ ।  सेयर विक्रीको लागि कम्पनीले  एनआईबिएल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

माउण्ट मकालुले प्रति सेयर मूल्य रु १०० अंकित दरको ३ लाख ४५ हजार ८ सय कित्ता हकप्रद सेयर निष्काशन भएको हो ।  माउण्ट मकालुको हाल चुक्ता पुँजी रु ६ करोड ९१ लाख ६० हजार रहेकोमा हकप्रद सेयर निष्काशन पश्चात कुल चुक्ता पुँजी १० करोड ३७ लाख ४० हजार पुग्ने जनाएको छ ।

  • भार्गव विकास बैंक लिमिटेड

बैंकको १० बराबर ८ को अनुपातमा अर्थात अर्थात ८० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । बैंकको हकप्रदमा सेयरधनीले कात्तिक २४ गतेदेखि मंसिर २८ गतेसम्म आवेदन खुल्ला गरेपछि बैकले पुन हकप्रद सेयर भर्ने समय थप गरी पुस १४ गतेसम्म पुर्याएको छ ।

बैंकले १०० रुपैयाँ अंकित मूल्यमा २१ लाख १२ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । बैंकले सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

बैंकको हकप्रदमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल, भार्गव विकास बैंकको सुर्खेतरोड नेपालगञ्ज तथा शाखा कार्यालयहरु नारायाणपुर, तुल्सीपुर, घोराही, हापुरे दाङ, बाँसगढी, मंगरागाडी, भुरीगाउँ बर्दिया, कोहलपुर बाँकेबाट आवेदन दिन सकिनेछ ।

त्यस्तै एनएमबि बैंक लिमिटेडको उपत्यकाभित्रका शाखा कार्यालय चाबहिल, कलंकी, काठमाडौं, कुमारीपाटी, ललितपुर,  भक्तपुर साथै उपत्यका बाहिर तीनदोबाटो बनेपा, मिलनचोक बुटवल, महेन्द्रपथ धरान, रंगेलीरोड विराटनगर, सुर्खेतरोड नेपालगञ्ज, बसपार्करोड धनगढी, न्यूरोड पोखरा, आदर्शनगर विरगञ्ज, भानुचोक जनकपुर, नारायाणगढ चितवन र बिर्तामोड झापाबाट आवेदन दिन सकिने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ ।

  • रिलायन्स फाइनान्स लिमिटेड

फाइनान्स को ४५ प्रतिशत अर्थात् १०ः४.५ अनुपातमा हकप्रद सेयर निष्काशन भएको छ । फाइनान्सले १०० रुपैयाँ अंकित दरमा २३ लाख ६ हजार ५७१.६० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

उक्त हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । हकप्रद शेयर मंसिर २२ गतेदेखि पुस २७ गतेभित्र भरिसक्नु पर्ने फाइनान्सले जनाएको छ ।

  • सिभिल बैंक

सिभिल बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा २ करोड ७ लाख ४० हजार ८८६.७५ कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । बैंकको हकप्रदमा मंसिर ४ गतेसम्मका  सेयरधनीले मंसिर २२ देखि पुस २७ सम्म शेयर आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्ति गरेको छ । हकप्रदमा लगानीकर्ताले सिभिल बैंकको केन्द्रिय कार्यालय र सम्पूर्ण शाखा कार्यालय, लक्ष्मी क्यापिटल लिमिटेड, बानेश्वरबाट, सिभिल क्यापिटल लिमिटेड सुन्धरा र आस्बा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

  • गण्डकी विकास बैक

गण्डकी विकास बैकले ४ बराबर १ को अनुपातमा अर्थात चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद सेयर  पुस ७ गतेदेखि निष्काशन गरेकोे छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा ४६ लाख ९ हजार ८१५ कित्ता सेयर निष्कासन गरेको हो ।  फेवासँग मर्जपछि बैंकको चुक्ता पूँजी १ अर्ब ८४ करोड ३९ लाख २६ हजार रुपैयाँ पुगेको छ ।

हकप्रद सेयर निष्कासनपश्चात बैंकको चुक्ता पूँजी २ अर्ब ३० करोड रुपैयाँ पुग्नेछ । बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । बैंकको उक्त हकप्रदलाई इक्रा नेपालले ग्रेड ३ प्रदान गरेको छ । हकप्रद सेयर पुस ७ गतेदेखि माघ ११ गतेसम्म खुल्ला गरेको छ ।

  • सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

बैंकले हकप्रद सेयर पुस १७ गतेबाट निष्काशन गर्दैछ । बैंकले ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । १० कित्ता बराबर ८ कित्ताका दरले हकप्रदमा पुस ९ गतेदेखि माघ २१ गतेसम्म आवेदन दिन सकिने छ ।

बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । बैंकको हकप्रद शेयर प्रभु क्यापिटल लिमिटेड कमलादी, सांग्रिला डेभलपमेन्ट बैंकको शाखा कार्यालयहरु, प्रभु बैंकको शाख वनेपा, विराटनगर, बिरगंज, जनकपुर दमक र अस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाबाट भर्न सकिनेछ ।

  • प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड

यस कम्पनीले पुस १६ गतेदेखि गतेसम्म हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । इन्स्योरेन्सले १ कित्ता बराबर ०.३० कित्ता अर्थात् ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले १२ लाख ८३ हजार ४० कित्ता हकप्रद सेयर निष्कानस गरेको हो । १२ करोड ८३ लाख ४ सय रुपैयाँ बराबरको हकप्रदमा माघ २१ गतेसम्म आवेदन दिन सकिन्छ । हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्धकको रुपमा एनआईसी एसिया क्यापिटललाई नियुक्त गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको