नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हैरान पारेपछि एमालेसँग मिल्न बाध्य भएको बताएका छन् ।
नुवाकोटको दुप्चेश्वर–६ स्थित समुन्द्रटारमा आज सडक कालोपत्र शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा.महतले यस्तो बताएका हुन् । महतले वर्तमान सत्ता साझेदार गठबन्धन अर्को निर्वाचनसम्म कायम रहने बताए
उनले भने, ‘दुवै ठूला पार्टी सरकारमा बस्ने यो त प्राकृतिक र स्वाभाविक देखिएन भन्छन्, तर दुइटै पार्टी हैरान भए, उहाँको ३२ सीट छ । हामीले प्रधानमन्त्री पनि उहाँलाई नै मान्दिनु पर्ने, कहिले यता गर्ने, कहिले उता गर्ने, कति बोल्नु ! उहाँलाई त म त जसरी पनि प्रधानमन्त्री हुने हो, कांग्रेस र एमाले मिल्दैनन् भन्ने गलत सन्देश गएपछि हामी मिलेका हौं ।’
‘ठूला दलहरू सत्ता सञ्चालनमा सहकार्य हुनु सुहाउँदो पक्ष होइन’, पूर्वमन्त्री डा. महतले भने, ‘पाटी भन्दामाथि उठेर, जनताको पृष्ठ पोषणको लागि काम गर्न दुई दलबीच प्रतिबद्धता छ । यसलाई कायम राखेर अर्को निर्वाचनसम्म सत्ता गठबन्धन कायम रहन्छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस