राजनीतिक विश्लेषक हरि रोकाले प्रधानमन्त्री केपी ओलीको चार दिने चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने टिप्पणी गरेका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
रोकाले लेखेका छन्,‘आजसम्मको देउवा–ओली गठबन्धन सरकारले आयोजना गरेको ‘बीआरआई’ छलफल र निष्कर्ष हेर्दा ओलीको चीन भ्रमण, चारदिने राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ,पशुपतिको यात्रा, सिद्राको व्यापार भनेझैं, ऋणको केही अंश अनुदानमा बदल्ने प्रयत्नसम्म भइहाल्छ कि ?’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस