Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार आज पनि राताम्मै

बुधबार, १२ पुस २०७४, १६ : १३ मा प्रकाशित

सेयर बजार आज पनि राताम्मै

अर्थ संसार, काठमाडौं - राजनीतिक अन्योलता, कारोबारमा मूल्य अभिवृद्धि करको विवाद लगायतका कारणले लगातार घट्दै आएको सेयर बजार आज पनि उकालो लाग्न सकेन । बरु दोहोरो अंकले बजार घटेर १४ सयको न्यूनतम विन्दमा आइपुगेको छ ।

बजार बन्द हुँदा २१.५३ विन्दुले बजार घट्दा १ हजार ४ सय २५ अंकमा बजार रोकिएको हो । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अनुसार क वर्गका सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ४.७२ विन्दुले घटेर ३.१३ विन्दुमा झरेको छ ।

कूल १ सय ५६ कम्पनीको १३ लाख ६८ हजार ४ सय ७५ कित्ता सेयर रु ७६ करोड ५७ लाख ६९ हजार ६ सय ६२ मूल्यमा खरिदविक्री भएको स्टकले जनाएको छ । आज उत्पाद समूह बाहेक अरु सवै समह रातो हुँदा बजार ओरालो लागेको हो ।

सेयर कारोबारमा संम्लग्न ब्रोकरहरुले भने यस विषयमा कुनै प्रतिक्रिय दिन चाहेनन् । नेपाल धितोपत्र बोर्डले सेयर कारोबारको बारेमा टिप्पणी नगर्न ब्रोकरहरुलाई कडा निर्देशन दिएपछि उनीहरु कुनै पनि प्रतिक्रिया दिन चाहेनन् ।

आज बैंकिङ १७.८६, होटल ५.६, विकास बैंक २४.६९, जलविद्युत २४.२९, फाइनान्स ४.३६, विमा १३६.९१, अन्य समूह २०.५३ र माइक्रोफाइनान्स २३.२७ विन्दुले ओरालो लाग्दा उत्पादन समूह भने ६.५२ विन्दुले उकालो लागेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको