Like us!
Follow us!
Connect us!
Watch us!

बिबाह गरेको १२ बर्ष पछि बलिउड अभिनेत्री राधिक आप्टे बनिन आमा

अर्थ संसार

शनिबार, २९ मंसिर २०८१, १८ : ५२ मा प्रकाशित

बिबाह गरेको १२ बर्ष पछि बलिउड अभिनेत्री राधिक आप्टे बनिन आमा

बलिउड अभिनेत्री राधिका आप्टे विवाहको १२ वर्षपछि आमा बनेकी छिन् । 

हालै उनले छोरीलाई जन्म दिएको उनले नै  सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । 

अभिनेत्रीले सामाजिक सञ्जालमा तस्विर शेयर गर्दै यो जानकारी दिएकी हुन् । राधिकाले सन् २०१२ मा बेलायती भायोलिन वादक र गायक बेनेडिक्ट टेलरसँग विवाह गरेकी थिइन् ।

वास्तवमा राधिका आप्टेले आफ्नी छोरीलाई स्तनपान गराउँदै गरेको तस्बिर इन्स्टाग्राममा सेयर गरिन् । यो तस्बिरमा उनी ल्यापटपमा काम गरिरहेकी छिन् भने त्यही क्रममा छोरीलाई स्तनपान पनि गराइ रहेकी छिन् । क्याप्सनमा उनले लेखेका छन्, ‘बच्चा जन्मेको एक हप्तापछि पहिलो भेट।’

राधिका आमा बनेको घोषणासँगै सामाजिक सञ्जालमा उनलाई धेरैले बधाई दिइरहेका छन । त्यसमध्य एक फरहान अख्तरले लेखेका छन्, ‘बधाई र जन्मदिनको शुभकामना।’ दिव्येन्दु शर्मा, विजय वर्मा, कोंकणा सेन शर्मा र जोया अख्तर जस्ता स्टारका साथै उनका धेरै फ्यानले पनि उनलाई आमा बनेकोमा बधाई दिएका छन्।

राधिका आप्टे अक्टोबर १६ मा बीएफआई लण्डन फिल्म फेस्टिभलमा फिल्म ‘सिस्टर मिडनाइट’ को स्क्रिनिङमा सहभागी हुन पुगेकी थिइन् । जहाँ उनले आफ्नो इन्स्टाग्राममा केही तस्विर शेयर गरेकी थिइन् । यी तस्विरहरूमा राधिकाले पहिलो पटक कालो बडीकन ड्रेसमा आफ्नो बेबी बम्प फ्ल्यान्ट गरेको देखिएको थियो।

राधिका आप्टेले सन् २०१२ मा बेलायती भायोलिन वादक र गायक बेनेडिक्ट टेलरसँग विवाह गरेकी हुन ।  दुबैको भेट सन् २०११ मा भएको थियो । करिब एक वर्ष लिभ इन रिलेशनशिपमा रहे पछि दुवैले २०१२ मा विवाह गरेका थिए । तर, बिबाह गरेको १२ बर्षसम्म पनि निसन्तान रहेकी राधिकाले पहिलो पटक छोरीलाइ जन्म दिएकी हुन् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको