Like us!
Follow us!
Connect us!
Watch us!

रु बत्तीस लाखसहित भारतीय पक्राउ

शुक्रबार, १४ पुस २०७४, १९ : ५२ मा प्रकाशित

रु बत्तीस लाखसहित भारतीय पक्राउ


अर्थ संसार, काठमाडौँ– महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले रु ३२ लाख रकमसहित आज एक भारतीयलाई पक्राउ गरेको छ ।

प्रभागबाट खटिएको टोलीले रौतहटबाट काठमाडौँ आउँदै गरेको ना ७ ख २७७६ नंको गाडीमा आउँदै गरेको अवस्थामा जाँचका क्रममा भारत घर भएका सोनुकुमार चौधरीलाई आज अपराह्न सो रकमसहित पक्राउ गरेको हो ।

प्रभागका प्रमुख केशव भट्टले स्रोत नखुलेको रकम बरामद गरिएको जानकारी दिनुभयो । चौधरीलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको