नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारमा सहभागी दुई प्रमुख पार्टी कांग्रेस र एमालेलाई असफल हुने छुट नरहेको बताएका छन् ।
सोमबार घोराहीमा आयोजना भएको नेपाल पत्रकार महासंघमा निर्वाचित कार्यसमितिलाई सम्मान कार्यक्रममा पोखरेलले यस्तो बताएका हुन्
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारले धेरै क्षेत्रमा सुधार गर्न सफल भएको उनले बताए ।
विधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर अधिकतम सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउने उनले बताए । पोखरेलले सहकारी प्रकरणमा भइरहेको अनुसन्धानका क्रममा गोर्खा मिडियामा रकम कहाँबाट आयो थाहा भएन भनेर रवि लामिछाने पन्छिन नमिल्ने उल्लेख गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस