नेकपा एमालेका महासचिव शंकर पोखरेलले संकटमा परेको देशलाई एमाले र कांग्रेस मिलेर सङ्कटमुक्त बनाउन खोज्दा प्रहार भइरहेको बताएका छन् ।
एमाले निकट नेपाल निर्माण उद्योग परिषद्को केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकलाई सङ्कटबाट बाहिर निकाल्नेमाथि प्रहार हुनु दुर्भाग्यपूर्ण भएको बताए ।
उनले भने, ‘अहिले केपी ओलीमाथि प्रहार भइरहेको छ । जसले मुलुकलाई, मुलुकको अर्थतन्त्रलाई सङ्कट पार्दछ, त्यसमाथि प्रहार हुँदैन, जसले सङ्कटबाट मुलुकलाई बाहिर निकाल्न खोज्दछ, त्यसमाथि कस्तो प्रहार हुन्छ भन्ने कुरा अहिले केपी ओलीमाथि भएको प्रहारले बुझ्न सकिन्छ ।’
सर्वोच्च अदालतको फैसलाबाट कमजोरले शासन गर्ने परिपाटीको सुरुवात भएपछि देशमा समस्या सुरु भएको उनले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस