Like us!
Follow us!
Connect us!
Watch us!

‘आर्थिक विकासमा सुनचाँदी क्षेत्रको भूमिका महत्वपूर्ण’

सोमबार, १७ पुस २०७४, ११ : ४५ मा प्रकाशित

‘आर्थिक विकासमा सुनचाँदी क्षेत्रको भूमिका महत्वपूर्ण’

अर्थ संसर, काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताको जनादेशअनुसार काँग्रेस प्रतिपक्षमा बस्ने बताउनुभएको छ ।

काठमाडौँ सुनचाँदी व्यवसायी संघले आज यहाँ आयोजना गरेको ‘प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान’ कार्यक्रममा उहाँले काँग्रेस प्रजातान्त्रिक पद्धतिमा विश्वास गर्ने पार्टी भएकाले जनादेशलाई स्वीकार गर्ने बताउनुभएको हो । “प्रजातान्त्रिक पद्धतिअनुसारको भएको निर्वाचनको नतिजा स्वीकार्नुपर्छ,”– उहाँले भन्नुभयो ।

काठमाडौँ सुनचाँदी व्यवसायी संघको सल्लाहकारसमेत रहनुभएका नेता सिंहले मुलुकको आर्थिक विकासमा सुुनचाँदी क्षेत्रको महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।

रक्षामन्त्री भीमसेनदास प्रधानले संविधानले व्यवस्था गरेअनुसार नै सरकारले सत्ता हस्तान्तरण गर्ने बताउनुभयो ।

“राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसदले पूर्णता पाउने हुँदा राष्ट्रियसभाको निर्वाचनपछि सत्ता हस्तान्तरण गर्छौं,”– उहाँले भन्नुभयो । राष्ट्रियसभाको निर्वाचन गराउनेबारेमा सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको उहाँको भनाइ थियो ।

नवनिर्वाचित प्रदेशसभा सदस्य केशव स्थापितले समयको आवश्यकताअनुसार ऐनमा सुधार गरेर आफ्नो व्यवसायलाई सुरक्षित गर्न व्यवसायी लाग्नुपर्ने बताउनुभयो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको