Like us!
Follow us!
Connect us!
Watch us!

६५ अर्ब ४० करोड कर तिराउन तात्यो करदाता कार्यालय, तिर्ला त एनसेलको माउ कम्पनीले ?

बुधबार, १९ पुस २०७४, १३ : ३७ मा प्रकाशित

६५ अर्ब ४० करोड कर तिराउन तात्यो करदाता कार्यालय, तिर्ला त एनसेलको माउ कम्पनीले ?

अर्थ संसार, काठमाडौँ – सरकारले एनसेलको पूर्व माऊ कम्पनी टेलियालाई रु ६५ अर्ब ४० करोड कर वापतको रकम तिर्न १५ दिने सूचना जारी गरेको छ ।

सरकारले आज एक सूचना प्रकाशित गरी टेलिया सोनेरालाई रु ६५ अर्ब ४० करोड कर चुक्ता गर्न भनेको हो ।

ठूला करदाता कार्यालयले १५ दिने सार्वजनिक सूचना जारी गर्दे उक्त अवधिमा कर नतिरेमा अन्य विधिबाट उपायबाटै कर असुल गर्ने चेतावनी दिएको छ ।

टेलिया सोनेरालाले हालको कम्पनी एक्जियटालाई स्वामित्व हस्तान्तरण गर्दाको पूँजीगत लाभकर बुझाउन भनेको हो । यसअघि गत जेठ १३ मा करदाता कार्यालयले टेलिया सोनेरालाइ कर तिर्न पत्रचार गरेपनि सम्पर्कमा नआई अटेर गरेको थियो ।

२०७२ चैत्रमा टेलिया सोनेरालाले एक्जियटालाई एनसेलको स्वामित्व हस्तान्तरण गरेको थियो । त्यत्तिबेला टेलियाले रु ६० अर्ब ७१ करोड सरकारलाई पूँजीगत लाभाकर बापत बुझाउनु पर्ने देखिएको थियो । अहिले त्यसको ब्याज तथा हर्जाना समेत गरेर रु ६५ अर्ब ४० करोड पुगेको छ ।

कर कार्यालयले १५ दिनभित्र उक्त पूँजीगत लाभकर नतिरेमा कर ऐन २०५८ अनुसार असुल उपर गरिने चेतावनी दिएको हो ।

5a4c8dcb43110.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको