Like us!
Follow us!
Connect us!
Watch us!

चार महिनामा व्यापार घाटा ३ खर्ब नाघ्यो, आयातमा झण्डै ११ प्रतिशतले वृद्धि

आइतबार, २३ पुस २०७४, ०८ : २७ मा प्रकाशित

चार महिनामा व्यापार घाटा ३ खर्ब नाघ्यो, आयातमा झण्डै ११ प्रतिशतले वृद्धि

अर्थ संसार,  काठमाडौं - चालु आर्थिक वर्षको पहिलो चार महीनामा व्यापार घाटा रू. ३ खर्ब नाघेको छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्कअनुसार आव २०७४/०७५ को कात्तिक मसान्तसम्मको व्यापार घाटा रू. ३ खर्ब ९ अर्ब ७० करोड ९९ लाख ८ हजार रहेको छ ।

यो गतआवको भन्दा ११ दशमलव ३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा रू. २ खर्ब ७८ अर्ब २९ करोड ४२ लाख १० हजार व्यापार घाटा रहेको थियो । वाणिज्य मन्त्रालयले चालु आवमा व्यापार घाटा रू. ९ खर्ब ५६ अर्ब पुग्ने अनुमान गरेको छ । आव २०७३/०७४ मा व्यापार घाटा रू. ९ खर्ब १२ अर्ब रहेको थियो ।

चालु आवमा रू. ३ खर्ब ३६ अर्ब ८ करोड ४७ लाख ५१ हजारको वस्तु आयात भएको छ । यो गत आवको सोही अवधिको १० दशमलव ९ प्रतिशतले बढी हो । सबैभन्दा बढी पेट्रोलियम पदार्थ रू. ४१ अर्ब ५१ करोड ५४ लाख २७ हजार बराबर आयात भएको छ । यो अघिल्लो आवभन्दा ३६ दशमलव २ प्रतिशतले बढी हो ।

निर्याततर्फ ६ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । चालु आवको पहिलो चार महीनामा रू. २६ अर्ब ३७ करोड ४८ लाख ४३ हजार बराबरको निर्यात भएको छ । गतआवको सोही अवधिमा रू २४ अर्ब ७९ करोड ४० लाख ३५ हजार बराबरको निर्यात भएको थियो ।

नेपालबाट सबैभन्दा बढी निर्यात हुने गलैँचामा भने यसवर्ष १२ दशमलव ९ प्रतिशतले कमी आएको छ । चालु आवको कात्तिक मसान्तसम्म रू. २ अर्ब ३४ करोड ४२ लाख २७ हजार बराबरको गलैँचा निर्यात भएको छ । यस्तै मासुजन्य पदार्थमा १ सय २ प्रतिशतले वृद्धि भई रू. १९ करोड ९५ लाख ९८ हजार बराबरको निर्यात भएको छ । अभियानबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको