Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ निर्वाचन आयोगको हिसाब, निर्वाचनमा ५ अर्ब ६२ करोड खर्च

सोमबार, २४ पुस २०७४, ११ : ०४ मा प्रकाशित

यस्तो छ निर्वाचन आयोगको हिसाब,  निर्वाचनमा ५ अर्ब ६२ करोड खर्च


अर्थ संसार, काठमाडौं–  निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा हालसम्म ५  अर्ब ६२ करोड २१ लाख ४७ हजार २९९ खर्च भएको जनाएको छ ।आयोगले यही पुस २१ गतेसम्म कुल बजेटको ५७.९६ प्रतिशत रकम खर्च भएको जनाएको छ ।

कुल ७७ जिल्लामा निकासा भएको रकम रु ४ अर्ब ८६ करोड १४ लाख ६८ हजार ६०८ रहेको र आयोगको केन्द्रीय कार्यालयबाट हालसम्म जम्मा रु ७६ करोड छ लाख ७८ हजार ६९१ खर्च भएको जनाएको हो ।

प्राप्त बजेटमध्ये आयोगसँग रु ४ अर्ब ७ करोड ७८ लाख ५२ हजार ७०० रकम बाँकी रहेको र सो रकमबाट राष्ट्रियसभा सदस्य निर्वाचन र राष्ट्रपति एवं उपराष्ट्रपतिको निर्वाचन कार्य सम्पन्न गर्ने प्रबन्ध मिलाइने जनाएको छ ।

निर्वाचनमा दुई लाख १५ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको थियो । यस्तै  ६४ भन्दा बढी प्रकारका निर्वाचन सामग्री प्रयोग गरिएका थिए । निर्वाचन सम्पन्न गराउन १६५ निर्वाचन क्षेत्रमध्ये ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगको भनाइ छ ।

आयोगले निर्वाचन व्यवस्थापन तथा सञ्चालनमा लाग्ने खर्च गर्दा सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ तथा निर्वाचन आयोग ऐन २०७३ लाई पूर्णरूपले पालना गरेको समेत जनाएको छ ।

सबै खर्च मितव्ययी तथा पारदर्शी रहेको जानकारी दिँदै आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सरकारबाट जम्मा प्राप्त रु १० अर्ब रकममध्ये रु ३० करोड रकम पुँजीगत खर्चतर्फ रकमान्तर गरिएको थियो । यस्तै रु नौ अर्ब ७० करोड रकम निर्वाचन कार्यका लागि छुट्टाइएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको