Like us!
Follow us!
Connect us!
Watch us!

महोत्सवमा पन्ध्र लाखको कारोबार

सोमबार, २४ पुस २०७४, १४ : १९ मा प्रकाशित

महोत्सवमा पन्ध्र लाखको कारोबार

अर्थ संसार, गाईघाट, उदयपुर– सदरमुकाम गाईघाटस्थित थारुहट रंगशालाको परिसरमा सञ्चालन भइरहेको १ नं प्रदेशको पूर्वाञ्चालस्तरीय महोत्सवको चारदिनमा झण्डै रु १५ लाख बराबरको कारोबार भएको छ ।

नेपाल साना घरेलु तथा साना उद्योग महासंघ उदयपुरको आयोजनामा सञ्चालन भइरहेको उक्त महोत्सवमा हालसम्ममा सबैभन्दा बढी स्थानीयस्तरमा उत्पादित विभिन्न खाद्य वस्तु, होटल र स्थानीयस्तरमा उत्पादित घरेलु वस्तु बढी बिक्री भएको संघका जिल्ला उपाध्यक्ष रुद्र श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवमा सोलुखुम्बु र ओखलढुंगामा उत्पादन गरिएका राडीपाखीदेखि ताप्लेजुङ तथा संखुवासभामा उत्पादन गरिएको चौँरीगाईको छुर्पीसम्म बिक्री भइरहेको छ । भोजपुरमा उत्पादित खुकुरीदेखि खोटाङको उत्तरी भेग र सोलुको पूर्वी भेगमा उत्पादन गरिएको नाङ्लो र डालोसम्म बिक्री भइरहेको छ ।

हस्तकलाका सामान, वन तथा पशु र कृषिमा आधारित वस्तुसमेत प्रदर्शनीमा राखिएको छ । पुस २१ गतेदेखि शुरु भएको सो महोत्सव पुस २९ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा दैनिक दुई हजारभन्दा बढी दर्शक आउने गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको