नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ अध्यक्षमा पृथ्वी बहादुर पाँडे चयन भएका छन्। बैंक सञ्चालक समितिको ६१७औं बैठकले उनलाई सर्वसम्मत रूपमा अध्यक्षमा नियुक्त गरेको हो।
निर्वाचनमा को–को विजयी भए?
फागुन १५ गते सम्पन्न ३८औं वार्षिक साधारणसभापछि संस्थापक समूहबाट पाँडेसहित प्रजन्य राजभण्डारी, मदन कुमार आचार्य र दिपंकर शाक्य उदय निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै, सर्वसाधारण सेयरधनी समूहबाट कवि कुमार टिबरेवाला र शालिक राम बेल्बासे सञ्चालक समितिमा चयन भएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस