Like us!
Follow us!
Connect us!
Watch us!

पुर्वप्रेमी शाहिदलाई करीनाले अंगालो हालेपछि...

अर्थ संसार

आइतबार, २५ फागुन २०८१, ०८ : ५१ मा प्रकाशित

पुर्वप्रेमी शाहिदलाई करीनाले अंगालो हालेपछि...

अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी (आइफा ) २०२५  जयपुरमा सुरु भएको छ, जहाँ धेरै बलिउड सेलिब्रेटीहरू आइपुगेका छन् ।

यसैबीच, आईफा पत्रकार सम्मेलनको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा करीना कपूर खानले शाहिद कपूरलाई अँगालो हालेको भिडियो र तस्बीर सामाजिक सञ्जालमा भाइरल भयेक छ । यति मात्र होइन, करिनाले पनि रोकिएर शाहिदसँग कुरा गरिन् र सँगै उभिएर पोज पनि दिइन् । यो भिडियो र तस्बीर अहिले भाइरल भइरहेको छ र फ्यानहरूले पनि यसमा धेरै टिप्पणी गरिरहेका छन्।

गत वर्ष दादा साहेब फाल्के अवार्डबाट करिनाले शाहिदलाई बेवास्ता गर्दै रेड कार्पेटमा अगाडि बढेको भिडियो र तस्बीर भाइरल भएको थियो ।

करिना र शाहिदले २००४ मा फिल्म 'फिदा' को सेटदेखि एकअर्कालाई डेट गर्न थालेका थिए । दुवैले २००७ सम्म एकअर्कालाई डेट गरे । उनीहरुले सार्बजनिक रुपमै आफ्नो प्रेम व्यक्त गरेका थिए ।  

त्यसपछि फिल्म 'जब वी मेट' को छायांकनको क्रममा दुवै अलग भएका थिए । दुवैले २०१६ मा फिल्म 'उडता पंजाब' मा पनि सँगै काम गरेका थिए, तर त्यसमा उनीहरूको कुनै पनि दृश्य थिएन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको