Like us!
Follow us!
Connect us!
Watch us!

कियारालाई रिप्लेस गर्दै ‘डनः३’ रणवीरका लागि नयाँ हिरोइनको इन्ट्री

अर्थ संसार

बुधबार, १० बैशाख २०८२, ११ : २५ मा प्रकाशित

कियारालाई रिप्लेस गर्दै ‘डनः३’ रणवीरका लागि नयाँ हिरोइनको इन्ट्री

अमिताभ बच्चन र शाहरुख खानपछि अब रणवीर सिंह ठूलो पर्दामा ‘डन’ को भूमिका निभाउन लागेका छन् । 

लामो समयदेखि ‘डन ३’ को बारेमा समाचारहरु आइरहेका छन् । गत वर्ष रणवीर सिंह र कियारा आडवाणीलाई एक भिडियो भिडियो साझा गरेर यो घोषणामार्फत परिचय गराईएको थियो । उनीहरूलाई ‘डन’  ब्रह्माण्डमा स्वागत गरिएको थियो। र,  ‘डन ३’ मा कियारा आडवाणीलाई मुख्य अभिनेत्रीको रुपमा कास्ट गरिएको थियो । तर, गर्भावस्थाका कारण कियारा आडवाणीले अहिले फिल्मबाट टाढिनु परेको छ ।

उसो भए अब कियारो ठाउँमा कुन सुन्दरी फिल्ममा प्रवेश गर्नेछिन त ? यो एउटा ठूलो प्रश्न रहेको थियो । तर, अब यो मेगा बजेट एक्सन थ्रिलरमा कियारा आडवाणीलाई रिप्लेस गरिएर नयाँ अनुहार सामेल गराईएको ठूलो खबर आएको छ । 

पिंकभिल्लाको रिपोर्ट अनुसार अभिनेत्री कृति सेनन अब ‘डन ३’ मा प्रवेश गरिसकेकी छिन् । अर्थात अब फिल्ममा कियाराको स्थानमा कृति सेनन मुख्य अभिनेत्रीको भूमिकामा देखिने छिन् । कृति सेनन ‘डन ३’ मा रणवीर सिंहसँग काम गर्न राजी भएको बताइएको छ । खासमा ‘डन ३’ मा रणवीरका लागि अनुभवी अभिनेत्रीको खोजी भइरहेको थियो । नायिकाले छिट्टै ‘डन ३’ पनि साइन गर्ने बताइएको छ । 

वास्तवमा फरहान अख्तर र एक्सेल इन्टरटेनमेन्टको क्रिएटिभ टोली यस फिल्मका लागि अनुभवी अभिनेत्रीको खोजीमा थिए। यस्तो अवस्थामा राष्ट्रिय अवार्ड जितेकी कृति सेनन ‘डन ३’ मा एकदमै फिट थिइन् । अब उनी पर्दामा रोमाको पात्र निभाउन पूर्ण रूपमा सक्षम छिन् र यस्तो अवस्थामा उनी छिट्टै फिल्मको हिस्सा बन्दै छिन । कृति सेनन फिल्म साइन गर्न निकै उत्साहित रहेको समाचारमा जनाइएको छ ।

रिपोर्टका अनुसार यो फिल्मको अधिकांश सुटिङ युरोपमा हुनेछ । स्क्रिप्ट पनि तयार भइसकेको छ र केही महिना भित्रमा नै प्रि– प्रोडक्सनको काम सुरु हुनेछ। यो फिल्म यसै वर्षको अक्टोबर वा नोभेम्बरमा फ्लोरमा आउन सक्ने जनाइएको छ । तर,  ‘डन ३’ अघि कृति सेननले आफ्नो यसअघि साइन गरेको फिल्म ‘तेरे इश्क में’ को सुटिङ पूरा गर्ने छिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको