ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२५ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सातै प्रदेशमा सम्पन्न गरेको छ। सप्ताहव्यापी रुपमा सञ्चालन गरिएको यस कार्यक्रममा ६ हजारभन्दा बढी विद्यार्थी तथा युवा–युवतीहरूको सहभागिता रहेको बैंकले जनाएको छ।
बैंकले वित्तीय सचेतनाका लागि नेपाल राष्ट्र बैंक तथा अन्य संस्थाहरूसँग सहकार्य गर्दै वित्तीय साक्षरता अभिवृद्धि गर्न विभिन्न गतिविधि आयोजना गरेको थियो। यस क्रममा बैंकका कर्मचारीहरू वित्तीय सचेतना अभिवृद्धि ब्यानर सहित विभिन्न कार्यक्रमहरूमा सहभागी भएका थिए।
ग्लोबल आइएमई बैंकले आफ्ना ३५५ शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। कार्यक्रमहरूमा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी तथा वित्तीय अनुशासनसम्बन्धी जानकारी प्रदान गरिएको थियो।
ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ प्राप्त भइसकेको छ। साथै, बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट विभिन्न विधामा सम्मानित भइसकेको छ।
बैंक मुलुकको सतहत्तरै जिल्लामा आफ्नो सेवा विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन्।
नेपालका नागरिकलाई उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आइरहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस