Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ्ग कसुर मुद्दामा ८० लाख बिगो तोकिएका विकाश झा पक्राउ

अर्थ संसार

विहीबार, ०७ साउन २०८३, १४ : ०७ मा प्रकाशित

बैंकिङ्ग कसुर मुद्दामा ८० लाख बिगो तोकिएका विकाश झा पक्राउ

बैंकिङ्ग कसुर मुद्दामा ८० लाख बिगो तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको कविलासी घर भई काठमाडौंको कलंकी बस्ने विकाश झा रहेका छन् ।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले कलंकीबाट पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको