Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकामा आयात हुने कारमा २५% ट्यारिफ लगाउने ट्रम्पको घोषणा

अर्थ संसार

विहीबार, १४ चैत्र २०८१, १२ : ४८ मा प्रकाशित

अमेरिकामा आयात हुने कारमा २५% ट्यारिफ लगाउने ट्रम्पको घोषणा

अमेरिकी  राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अमेरिका बाहिर बनेका सबै कारहरुमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् ।

यस्तै, ट्रम्पले अमेरिकामा निर्मित सबै कारहरुमा बिल्कुल कुनै शुल्क नलगाउने पनि बताएको सीएनबीसीले लेखेको छ । ट्रम्पले ओभल अफिसमा राष्ट्रपति घोषणामा हस्ताक्षर गर्दै नयाँ शुल्कहरु संहिताबद्ध गरेका हुन् । 

ट्रम्पले नयाँ ट्यारिफ अप्रिल २ देखि लागू हुने बताएका छन्। कार पार्टपुर्जामा यो शुल्क मे वा पछिदेखि लागू हुनेछ।अमेरिकाले गत वर्ष लगभग ८० कार आयात गरेर लगभग २४० अर्ब डलरको व्यापार गरेको थियो। अमेरिकामा कार पठाउनेमा मेक्सिको सबैभन्दा अगाडि छ। तयसपछि दक्षिण कोरिया, जापान, क्यानडा र जर्मनी छन्। ट्रम्पको यो नयाँ कदमले विश्वव्यापी अटोमोबाइल व्यापार र आपूर्ति श्रृंखलालाई नराम्रो असर पार्न सक्ने बताइएको छ।

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको