Like us!
Follow us!
Connect us!
Watch us!

सिकिन्दर माथी सेन्सर बोर्डको २६ सिनमा कैची, हटाइयो १४ मिनेट २८ सेकेन्डको दृश्य

अर्थ संसार

विहीबार, १४ चैत्र २०८१, २० : २२ मा प्रकाशित

सिकिन्दर माथी सेन्सर बोर्डको २६ सिनमा कैची, हटाइयो १४ मिनेट २८ सेकेन्डको दृश्य

बलिउड सुपरस्टार सलमान खानले आफ्नो कुनै पनि फिल्मको घोषणा गर्नेबित्तिकै फ्यानहरूको प्रतीक्षा सुरु हुन्छ। उनका फिल्महरू हिट होस् वा फ्लप, भाइजानले ईदमा थिएटरहरूमा सबैभन्दा बढी भार राख्ने गरेका छन् ।

दबंग खानले पनि आफ्ना फ्यानहरूलाई निराश पार्दैनन् ।गत वर्ष भाइजान पर्दामा नआएपछि उनका फ्यानहरू अलिकति निराश भएका थिए तर सलमानले २०२५ को इदमा उनीसँग अवश्य भेट्ने वाचा पनि गरेका थिए। यो भयो पनि किनभने सुपरस्टार सलमान खानको फिल्म ‘सिकन्दर’ यो इदमा रिलिज हुँदैछ, जसको गीतदेखि लिएर ट्रेलर–टिजरसम्म सबै रिलिज भइसकेको छ ।

दर्शकको उत्साहका बीच र रिलिज हुन केही दिन मात्रै बाँकी रहेको ‘सिकन्दर’ अब सेन्सर बोर्डबाट पास भइसकेको छ तर फिल्ममा धेरै परिवर्तन पनि गरिएको छ । कुन दृश्यहरूमा सेन्सर बोर्डले कैंची प्रयोग गर्यो र सिकन्दरले कति मिनेट रनटाइम पाएको छ त, तलका प्रत्येक विवरण पढ्नुहोस्।

बलिउड हंगामाका अनुसार सेन्सर बोर्डले रश्मिका मन्डन्ना र सलमान खानको फिल्मबाट जम्मा २६ दृष्य काटेको छ । ट्रेलरमा रश्मिका मन्डन्नाले गाएको ‘अजिब दास्तां है ये’ गीतलाई पनि ११ सेकेन्डले छोटो पारिएको छ ।

यस बाहेक फिल्ममा सलमान खानका केही दमदार संवादहरू जस्तै ‘अफर औकात के बहर था,’ ‘चार मिस कल, चलो राजकोट’ ‘उससे लेकर आता हूं’, ‘आ गए आ गये, बेड हैसबैन्ड’ लाई छोटो पारिएको छ भने केहीलाई फिल्मबाट पूर्ण रूपमा हटाइयो।

यति मात्र होइन, सेन्सर बोर्डले  ‘होम मिनिस्टर’बाट  ‘होम’ शब्द हटाउन पनि निर्मातालाई निर्देशन दिएको छ । यसबाहेक, केन्द्रीय फिल्म प्रमाणीकरण बोर्डको टोलीले राजनीतिक दलका होर्डिङहरू धमिलो पार्न निर्देशन दिएको छ ।

सिकन्दरले सेन्सर बोर्डबाट १५० मिनेटको रनटाइम पाएका थिए तर सो सर्टिफिकेट पाए पछि निर्माताले स्वेच्छाले १४ मिनेट २८ सेकेन्डका दृश्यहरू फिल्मबाट हटाएका छन । अब फिल्मको कुल रन टाइम १३५ मिनेट ४७ सेकेन्ड रहनेछ ।

यो चलचित्रले सेन्सर बोर्डबाट युए १३ं रेटिङ पाएको छ । यद्यपि, निर्माताहरूले प्रमाणपत्रको बारेमा कुनै आधिकारिक जानकारी साझा भने अझै गरिसकेका छैनन । 

एआर मुरुगादास निर्देशित ‘सिकन्दर’ मा पहिलो पटक सलमान खानसँग रश्मिका मन्डन्नाको जोडी दर्शकले हेर्न पाउने छन् । यसका साथै फिल्ममा काजल अग्रवाल, शरमन जोशी र अञ्जली धवन पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । चलचित्र मार्च ३० मा हलमा रिलिज हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको