नेपाल प्रहरीको साइबर ब्युरोले जिम्मेवारबोध भई सामाजिक सञ्जाल प्रयोग गर्न आग्रह गरेको छ।
साइबर ब्युरोले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो।
‘सामाजिक सञ्जालको दुरुपयोग गर्दा कानुनी समस्यामा पर्न सक्ने र जसको परिणामस्वरुप कानुनी झमेलाको समेत गर्नुपर्ने हुन सक्छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले सामाजिक जिम्मेवारबोध गरी सम्मानका साथ सामाजिक सञ्जालको प्रयोग गर्न अनुरोध छ।’
पछिल्लो समय सामाजिक सञ्जालहरु तथा डिजिटल प्लेटफर्ममार्फत समाजमा अशान्ति र हिंसात्मक गतिविधि फैलाउन सक्ने खालका अभिव्यक्तिहरु पोस्ट गर्ने र भ्रामक सूचना सम्प्रेषण गर्ने कार्य बढिरहेकोप्रति साइबर ब्युरोले ध्यानाकर्षण भएको जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस