Like us!
Follow us!
Connect us!
Watch us!

हिंसात्मक आन्दोलनले अर्थतन्त्रलाई असर पुर्‍याउँछ: महासंघ

अर्थ संसार

शनिबार, १६ चैत्र २०८१, १० : २९ मा प्रकाशित

हिंसात्मक आन्दोलनले अर्थतन्त्रलाई असर पुर्‍याउँछ: महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न माग राखी भइरहेका आन्दोलन र प्रदर्शनका क्रममा सर्वसाधारण एवं उद्यमी व्यवसायीको पेशा व्यवसाय गर्न पाउने अधिकार हनन हुनुका साथै निजी तथा सार्वजनिक सम्पत्तिमाथि आक्रमण, लुटपाट र आगजनीजस्ता घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले शुक्रबार, चैत १५ गते काठमाडौंमा भएको आन्दोलनका क्रममा भएको धनजनको क्षतिलाई दुःखद भन्दै ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, पीडित परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

प्रदर्शनका क्रममा सर्वसाधारणको निजी सम्पत्ति, मिडिया हाउस, व्यवसायिक प्रतिष्ठान तथा कार्यालयहरूमा आक्रमण, आगजनी, लुटपाट लगायतका हिंसात्मक गतिविधिले ठूलो क्षति पुर्‍याएको भन्दै महासंघले घटनाको कडा शब्दमा भर्त्सना गरेको छ। साथै, पीडित व्यवसायी तथा नागरिकलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

महासंघले संविधानले प्रदत्त अधिकारभित्र रहेर माग राख्न पाइने भए पनि हिंसात्मक आन्दोलन, लुटपाट, आगजनी तथा धनजनको क्षति कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेको छ। सार्वजनिक सुरक्षा सुनिश्चित गर्न तथा यस्ता घटनाको पुनरावृत्ति रोक्न सम्बन्धित निकायलाई महासंघले आग्रह समेत गरेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको