Like us!
Follow us!
Connect us!
Watch us!

व्यवसायिक क्षेत्रलाई अशान्त पार्ने प्रयासको महासंघद्वारा भर्त्सना

अर्थ संसार

शनिबार, १६ चैत्र २०८१, १० : ४१ मा प्रकाशित

व्यवसायिक क्षेत्रलाई अशान्त पार्ने प्रयासको महासंघद्वारा भर्त्सना

नेपाल उद्योग तथा व्यवसायी महासंघले पूर्व राजावादी समूहबाट भएको हिंसात्मक गतिविधिप्रति कडा आपत्ति जनाएको छ। महासंघका अनुसार उद्योगी व्यवसायीमाथि आक्रमण गर्दै वित्तीय संघसंस्था ध्वस्त पार्ने तथा मुलुकको अर्थतन्त्रलाई कमजोर तुल्याउने प्रयास लामो समयदेखि भइरहेकाले यसलाई रोक्न सरकारलाई तत्काल कदम चाल्न आग्रह गरिएको छ।

शुक्रबार तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा पूर्व राजावादी समूहले सर्वसाधारण नागरिकका घर, व्यवसायिक भवन तथा सञ्चारगृहमा तोडफोड गरी आगजनी गरेको, उद्योगी व्यवसायी तथा सर्वसाधारणको सम्पत्तिमा लुटपाट गरेको घटनालाई महासंघले निन्दनीय करार गरेको छ। महासंघले उद्योगी व्यवसायीलाई स्वच्छ, पारदर्शी र भयरहित वातावरणमा व्यवसाय सञ्चालन गर्न दिन सबै सरोकारवाला पक्षसँग आग्रह गरेको छ।

महासंघले यस्ता आपराधिक गतिविधिहरूको विरुद्ध सचेत रहन व्यवसायिक जगत तथा जनसमुदायलाई अपिल गर्दै उद्योगी व्यवसायीको जनधन सुरक्षाका लागि सम्पूर्ण सरोकारवालालाई सतर्क रहन अनुरोध गरेको छ। साथै, घटनामा संलग्न अपराधीहरूलाई कानुनी दायरामा ल्याई तत्काल कारबाही गर्न, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गरेको छ।

महासंघले गणतन्त्रको रक्षा तथा सुदृढीकरणका लागि सबै उद्योगी व्यवसायी तथा आम नागरिकलाई एकजुट हुन आग्रह गरेको छ। महासंघका अध्यक्ष भागीरथ सापकोटाले मुलुकको आर्थिक स्थायित्व र व्यवसायिक सुरक्षा कायम राख्नका लागि सरकार र सम्बन्धित निकायले तुरुन्त आवश्यक कदम चाल्नुपर्ने बताएका छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको