Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नर बिदा हुँदै भृकुटीमण्डपमा उत्सव, लगानीकर्ताको सामूहिक दीप प्रज्वलन (भिडियो)

अर्थ संसार

शुक्रबार, २२ चैत्र २०८१, २२ : १८ मा प्रकाशित

नेपाल राष्ट्र बैंकका सत्रौँ गभर्नर महाप्रसाद अधिकारीले आफ्नो पाँच वर्षे कार्यकाल सम्पन्न गर्दै पदबाट बिदा लिँदा, राष्ट्र बैंकले ल्याएका सुधार र नीतिहरूको चर्चा स्वयं अधिकारीले गरे। उनले आर्थिक स्थायित्व, बैंकिङ प्रणालीको मजबुतीकरण, र संस्थागत सुधारमा केन्द्रित रहँदै राष्ट्र बैंकलाई स्वायत्त र सशक्त बनाउने प्रयासहरू गरेका बताए।

तर अर्कोतर्फ, सेयर बजारमा सक्रिय लगानीकर्ताहरूले भने उनको बिदाइलाई उत्सवका रूपमा लिए। अधिकारीको कार्यकालमा सेयर बजारले निराशाजनक प्रदर्शन गरेको भन्दै लगानीकर्ताहरू लामो समयदेखि असन्तुष्ट थिए।

यसैबीच, आज चैत्र २२ गते, दिउँसो ४ बजे, भृकुटीमण्डप, काठमाडौं मा सयौँ सेयर लगानीकर्ताहरू भेला भई 'दिपावली' गरेर आफ्नो खुशी साटासाट गरे। उनीहरूले "तनाब मुक्त सेयर बजार अब शुरु हुन्छ", "गभर्नर गयो, आशा आयो" भन्ने नारासमेत लगाउँदै उत्सव मनाएका थिए।

हाम्रो क्यामेरामा कैद भएको EXCLUSIVE VIDEO मा देख्न सकिन्छ—सयौँ लगानीकर्ताको अनुहारमा उत्साह, उज्यालो र आशा। उनीहरूले दीप जलाएर नयाँ गभर्नरप्रति आशा व्यक्त गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको