Like us!
Follow us!
Connect us!
Watch us!

‘तारे जमीं पर’ पछि अब ‘सितारे जमीं पर’ – आमिर खान फेरि ल्याउँदै छन् भावनात्मक कथा

अर्थ संसार

शनिबार, ०६ बैशाख २०८२, १३ : ३९ मा प्रकाशित

‘तारे जमीं पर’ पछि अब ‘सितारे जमीं पर’ – आमिर खान फेरि ल्याउँदै छन् भावनात्मक कथा

आमिर खान आफ्नो आगामी फिल्म ‘सितारा जमीं पर’ लाई लिएर लामो समयदेखि चर्चामा रहेका छन् । 

तर, केही समयअघि फिल्मसँग सम्बन्धित एउटा स्पेशल अपडेट आएको थियो, जसमा फिल्मको रिलिज मिति तोकिएको थियो। अहिलेको कुरा गर्ने हो भने, आमिरले पहिलो पटक फिल्मसँग सम्बन्धित पात्रको बारेमा कुरा गरेका छन् । चलचित्रमा १ वा २ नभई १०–१० जना मुख्य पात्र रहेको खुलेको छ।

सन् २००७ मा आमिर खानको फिल्म ‘तारे जमीं पर’ रिलिज भएको थियो, जसलाई मानिसहरुले निकै मन पराएका थिए । यही कारणले गर्दा यो फिल्मको घोषणा भएदेखि नै यो फिल्मलाई लिएर दर्शकमा निकै नै उत्साह रहेको छ ।

हालै बलिउड हंगामासँगको कुराकानीमा अभिनेताले फिल्मका पात्रहरुको बारेमा कुरा गरेका थिए । ‘सितारे जमीं पर’ का मुख्य पात्रमध्ये कसैलाई डाउन सिन्ड्रोम र कोही अटिस्टिक भएको अभिनेताले खुलासा गरेका छन्।

चलचित्रमा अधिकांश मुख्य पात्र अपाङ्गता भएका व्यक्तिले खेलेको अभिनेताले बताएका छन् । आमिर खानलाई उद्योगको ‘मिस्टर परफेक्शनिस्ट’ भनिन्छ । किनभने अमिर खानले सधैं केही विशेष समस्याहरू फिल्ममार्फत ल्याउँछन् र दर्शक सामु प्रस्तुत गर्ने गर्छन्।

यो चलचित्रको कुरा गर्दा यसको सम्पादनको काम सकिएको छ । फिल्मको ट्रेलर मे १ मा रिलिज हुदैँछ तर  फिल्मको रिलिज मिति भर्खरै तय भएको छ, जो अब २० जुनमा रिलिज हुनेछ ।

यो फिल्म भन्दा पहिले ‘मिस्टर परफेक्शनिस्ट’ आमिर खान सन् २०२२ मा रिलिज भएको ‘लाल सिंह चड्ढा’ मा देखिएका थिए । ३ बर्षको लामो समय पछि आमिरको पुनरागमनलाई लिएर मानिसहरुले धेरै अपेक्षा गरेका छन् ।  फिल्ममा आमिर खानसँगै जेनेलिया देशमुख पनि छिन् तर अरू कलाकारकाे नाम भने अझै खुलाइएकाे छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको