Like us!
Follow us!
Connect us!
Watch us!

ढुंगेअड्डामा गुड्दै गरेको बसमा आगलागी

अर्थ संसार

विहीबार, ११ बैशाख २०८२, १४ : २८ मा प्रकाशित

ढुंगेअड्डामा गुड्दै गरेको बसमा आगलागी

काठमाडौंको ढुंगेअड्डामा सडकमा गुड्दै गरेको बसमा आगलागी भएको छ। चन्द्रागिरी नगरपालिका -१५ स्थित पिपलबोटको मूल सडकमा

कलंकीबाट थानकोट जाँदै गरेको पाँचपोखरी यातायातको ९७८६ नम्बरको बसमा आगलागी भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार सडकमा गुड्दै गरेको बसमा आगलागी हुँदा बस पूर्णरुपमा क्षति भएको छ। उनका अनुसार यात्रु भने सकुशल रहेका छन्।

बसको इन्जिनमा एक्कासी आगो लागेपछि यात्रुहरू आत्तिएर बाहिर निस्किएका थिए। सावधानी अपनाउँदा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। चन्द्रगिरी नगरपालिकाको दमकल, पानी ट्यांकर,प्रहरी र स्थानीयको सहयोगबाट आगो नियन्त्रणमा लिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको