Like us!
Follow us!
Connect us!
Watch us!

भ्रष्टाचारको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर

अर्थ संसार

मंगलबार, १६ बैशाख २०८२, ११ : ४२ मा प्रकाशित

भ्रष्टाचारको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिकाको कृषि बाटो निर्माणका क्रममा भ्रष्टाचार भएको आरोप लगाउँदै प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कृषि बाटो निर्माण कार्यमा प्राविधिक लागत अनुमानविपरीत गएर अनियमितता गरेको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत कृष्णमोहनप्रसाद साह, इञ्जिनियर उपेन्द्रप्रसाद साह, सहायक पाँचौँ मोहम्मद रफिक, सबइञ्जिनियर शशिञ्जनकुमार सिंहविरुद्ध ७ लाख ७९ हजार २०५ बराबरको बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो । 

 

आयोगद्वारा धनकौल गाउँपालिकाका लेखापाल अभयकुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह, कोषाध्यक्ष सुरतिया कुमारी, वडा नम्बर ६ का वडाअध्यक्ष श्यामबाबु साहविरुद्ध पनि समान बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले राससलाई जानकारी दिए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको