Like us!
Follow us!
Connect us!
Watch us!

धरानबाट हराएको बस विराटनगरमा भेटियो

अर्थ संसार

मंगलबार, १६ बैशाख २०८२, १५ : २८ मा प्रकाशित

धरानबाट हराएको बस विराटनगरमा भेटियो

सुनसरीको धरानस्थित बरगाछीबाट गत बैशाख १२ गते हराएको बस विराटनगरमा भेटिएको छ।

बसको पाटपुर्जा कवाडीमा बिक्री गर्दै गरिएको अवस्थामा आज (मंगलबार) फेला परेको हो । व्यवसायी हरेन्द्र चेम्जोङको प्रदेश १–०२–००१–९७४९ नम्बरको बस धरानबाट विराटनगर–१२ स्थित मंगलबारे चौक नजिक रोकेर टुक्याउँदै कवाडीमा बिक्री गरिरहेको अवस्थामा फेला पारिएको हो। विराटनगर–६ स्थित गीतादेवी साहले सञ्चालन गरेको कवाडी गोदाममा बसका चक्काको भित्री फलामको रिङ्ग, इन्जिनसहितका सामाग्री प्रहरीले बरामद गरेको छ ।

बसका मालिक हरेन्द्र चेम्जोङ हुन् । शुक्रबार चोरी भएको बस पूर्वपश्चिम राजमार्गको खोर्साने हुँदै विराटनगर तर्फ आएको सीसी क्यामेराको फुटेजमा देखिएको थियो । तर बस फेला परेको थिएन ।

मंगलबार दिउँसो मंगलबारेमा बेवारिसे अवस्थामा बस देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बस चोरी गर्ने गिरोहको खोजी भइरहेको प्रहरीले बताएको छ । पहाडी रुटमा चल्ने बसको अगाडिको सिसाको माथिल्लो भागमा सिद्धदेवी यातायात र तल्लो भागमा याक्थुङ यातायात लेखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको