Like us!
Follow us!
Connect us!
Watch us!

कोलकाताको होटलमा आगलागी - १४ जनाको मृत्यु,१३ घाइते

अर्थ संसार

बुधबार, १७ बैशाख २०८२, ११ : ०४ मा प्रकाशित

कोलकाताको होटलमा आगलागी - १४ जनाको मृत्यु,१३ घाइते

कोलकाताको फालपट्टी क्षेत्रमा रहेको एक होटलमा मंगलबार राति आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । 

होटलबाट २२ जनालाई उद्धार गरिएको थियो भने अहिले आगो नियन्त्रणमा ल्याइएको छ । 

प्रहरीका अनुसार मृत्यु हुनेमा दुई महिला र एक बालक पनि रहेका छन् । साथै, मृतक११ जना पुरुषमध्ये हालसम्म ८ जनाको पहिचान भएको छ । प्रहरी आयुक्त मनोज वर्माले स्थानीय समयअनुसार राति करिब ८ः१५ बजे ऋतुराज होटलमा आगलागी भएको बताए । जानकारी पाउने बित्तिकै दमकल र प्रहरी टोली घटनास्थलमा पुगेर राहत र उद्धार कार्य सुरु गरेको थियो । 

दुर्घटनाको अनुसन्धान गर्न विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको छ । प्रारम्भिक अनुसन्धानमा होटलको चौथो तल्लामा जडान गरिएको बिजुलीको मिटरमा सर्ट सर्किट भएर आगलागी भएको खुलेको छ । घटनास्थलमा उपस्थित एक प्रत्यक्षदर्शीले धेरै मानिसहरू ज्यान बचाउन होटलको छत र झ्यालबाट हाम फालेको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको