Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा विमानस्थलको छानबिनमा सरकारलाई साथ दिन्छौं - देव गुरुङ

अर्थ संसार

शुक्रबार, १९ बैशाख २०८२, १२ : ०५ मा प्रकाशित

पोखरा विमानस्थलको छानबिनमा सरकारलाई साथ दिन्छौं -  देव गुरुङ

 नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको अनियमितताको न्यायिक छानबिन हुनुपर्ने बताएका छन् ।

शुक्रबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहेका गुरूङले सो कुरा बताएका हुन् । उनले छानबिनका लागि माओवादी पार्टीले सरकारलाई पूर्ण सहयोग गर्ने समेत बताए ।सरकारका असंवैधानिक गतिविधिमा मात्र खबरदारी गर्ने तर सुशासन र राष्ट्रियताको मुद्दामा सरकारको साथमा रहने उनले बताए ।‘सरकारले चालेका असंवैधानिक गतिविधिमा मात्र हामी प्रतिपक्ष बन्छौं,’ उनले भने, ‘सुशासन, राष्ट्रियताका मुद्दा र व्यवस्थाको विषयमा हामी सरकारसँग प्रतिपक्ष हौं भनेका छैनौं ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको