Like us!
Follow us!
Connect us!
Watch us!

आउँदो २५ वैशाखमा युनियनपे नेपाल फिनटेक फेस्टिभल आयोजना हुँदै

अर्थ संसार

आइतबार, २१ बैशाख २०८२, १२ : ०५ मा प्रकाशित

आउँदो २५ वैशाखमा युनियनपे नेपाल फिनटेक फेस्टिभल आयोजना हुँदै

फिनटेक क्षेत्रको विकास र अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यसहित काठमाडौं 'युनियनपे नेपाल फिनटेक फेस्टिभल २०२५ पावर्ड बाई नेपाल क्लियरिङ हाउस' आयोजना हुने भएको छ । काठमाडौं फिनटेक र फिनटेक अलायन्स नेपालको सहकार्यमा आगामी २५ वैशाखमा हुने ‍यो कार्यक्रमलाई नेपालमा अहिलेसम्मकै ठुलो फिनटेक सम्मेलनका रूपमा प्रस्तुत गरिएको छ ।

उक्त कार्यक्रमलाई ग्लोबल फिनटेक अलायन्स, एशिया फिनटेक अलायन्स, ग्लोबल फिनटेक फेस्टिभलका आयोजक फिनटेक कन्भर्जेन्स काउन्सिल, इन्टरनेशनल डिजिटल इकोनोमीज एसोसिएसन, इन्डियन फाइनान्सियल फोरम, र पीएसपी एसोसिएसन लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूको समर्थन प्राप्त भएको छ ।

कार्यक्रममा नील क्रस (पूर्व चिफ इनोभेसन अफिसर, डीबीएस बैंक), दिपक शर्मा (पूर्व चिफ डिजिटल अफिसर, कोटाक महिन्द्र बैंक), समीर सिंह जैनि (सीईओ, द डिजिटल फिफ्थ), राजेश देसाई (सीईओ,लायरा नेटवर्क) लगायत बैंकिङ र फिनटेक क्षेत्रका विश्वप्रसिद्ध व्यक्तित्वहरूले सम्बोधन गर्नेछन्।

पूर्वगभर्नर महाप्रसाद अधिकारीको विशेष आतिथ्यमा हुने यो महोत्सवलाई नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारी, बैंक तथा वित्तीय संस्थाका प्रमुखहरू आदिले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

नियामक निकायका प्रतिनिधिहरू, बैंकर्स, फिनटेक व्यवसायी, शैक्षिक क्षेत्रका विज्ञहरू, र अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहने यस कार्यक्रममा नवीनतम प्रविधि र फिनटेक सोलुसनको प्रदर्शनी, उत्पादन प्रदर्शन, तथा फिनटेक कम्पनीहरूबीचको सहकार्य सम्झौता आदिको विशेष प्रस्तुति रहनेछ।

नेपाल र क्षेत्रीय फिनटेक विकासको दिशामा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने यो महोत्सवले डिजिटल वित्तीय भविष्य निर्माणमा ऐतिहासिक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको