स्वतन्त्र सांसद अमरेश कुमार सिंहले लेखा समितिले भ्रष्टाचार र भ्रष्टाचारीलाई सहजीकरण गरिरहेको बताएका छन् ।
आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसद सिंहले यस्तो बताएका हुन । उनले विद्युत प्राधिकरणको डेडिकेटेड लाइन, एनसेल लगायतका प्रकरणमा पनि लेखा समितिले प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको बताए ।
‘सार्वजनिक लेखा समिति सरकारको छायाँ भयो, यस्तो हुनुहुदैन, सरकारलाई काउन्टर दिने हुनुपर्छ’, सिंहले भने ‘लेखा समिति देश र जनताको पक्षमा उभिनुपर्छ सरकारको पक्षमा होइन ।’
उनले व्यवस्थामाथि प्रश्न उठेको नै भ्रष्टाचारले हो भन्दै प्रधानमन्त्री र मुख्यसचिवलाई समेत समितिमा बोलाउनुपर्ने धारणा राखे ।
उनले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा उपसमितिले तयार पारेको प्रतिवेदनले भ्रष्टाचार भएको देखाएको भन्दै भैरहवा विमानस्थलका बारेमा समेत समितिले भ्रष्टाचारको आशंका भइरहेको बताए । उनले लेखा समितिको बैठक संसदको बैठक देखाएर रोक्न नहुने बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस