Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य विभागले चार व्यापारिक फर्मलाई तिरायो ६ लाख २५ हजार जरिवाना,कसलाई कति ?

अर्थ संसार

सोमबार, २२ बैशाख २०८२, १२ : ५१ मा प्रकाशित

वाणिज्य विभागले चार व्यापारिक फर्मलाई तिरायो ६ लाख २५ हजार जरिवाना,कसलाई कति ?

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार वटा व्यापारिक फर्मलाई ६ लाख २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

वस्तुमा मूल्य र नापतौल हेरफेर गरेको पाइएपछि सो जरिवाना गरिएको विभागको भनाइ छ । 

विभागका निरीक्षण अधिकृत अमितकुमार झाकाअनुसार टौदह स्थित जेजे एक्जिम प्राइभेट लिमिटेडले ड्राइफ्रुट लगायतका खाद्य वस्तुमा रिलेबलिङ गरेको गुणस्तर परिमाण मूल्य नापतौलमा हेरफेर गरेको पाइएपछि २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । साथै कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन समेत निर्देशन दिइएको छ  ।  

यस्तै वस्तुमा रिलेबलिङ गरेको गुणस्तर परिमाण मूल्य नापतौलमा हेरफेर गरेको पाइएपछि स्वयम्भूस्थित मणिक गंगा इन्टरप्राइजेजलाई पनि २ लाख पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ  । 

साथै कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन समेत निर्देशन दिइएको छ  ।  सोही कसुरमा धम्बाराहीस्थित युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालि (अटोपार्ट्स) लाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । 

साथै मदिरा एवम् सुर्तीजन्य पसल श्रीपा स्टोरलाई सहयोग नगरेको भन्दै १५  हजार रुपैयाँ जरिवाना गरिएको छ । आइतबार विभागको निरीक्षण टोलीले ९ वटा व्यापारिक फर्ममा अनुगमन गरी कारबाहीको दायरामा ल्याएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको