Like us!
Follow us!
Connect us!
Watch us!

कोडनेम ‘अप्रेशन सिन्दूर’: रातको आक्रमणमार्फत भारतको प्रतीकात्मक सन्देश के हो?

अर्थ संसार

बुधबार, २४ बैशाख २०८२, ०७ : ३८ मा प्रकाशित

कोडनेम ‘अप्रेशन सिन्दूर’: रातको आक्रमणमार्फत भारतको प्रतीकात्मक सन्देश के हो?

भारतले ‘अप्रेशन सिन्दूर’ को नाममा पाकिस्तान र पाकिस्तान-अधिकृत जम्मु–कश्मीरमा रहेका आतंकवादी शिविरहरूमाथि हवाई कारबाही गरेको छ। बुधबार बिहान सार्वजनिक गरिएको जानकारी अनुसार, भारतीय सुरक्षाबलले ९ स्थानमा सफल प्रहार गरेका हुन्।

भारतको यो कारबाही जम्मु–कश्मीरको पहलगामस्थित बैसरण उपत्यकामा भएको आतंकवादी आक्रमणपछि गरिएको हो। सो घटनामा २६ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश पर्यटक थिए। भारतले सो आक्रमणको दोष पाकिस्तानमा रहेको आतंकी संगठनलाई दिएको थियो।

प्रधानमन्त्री मोदी स्वयं निगरानीमा
प्रधानमन्त्री नरेन्द्र मोदीले पहलगाम हमलाको बदला लिने प्रतिबद्धता जनाउँदै आएको र यस कारबाहीलाई रातभर निगरानी गरेको बताइएको छ।

किन 'सिन्दूर'?
'सिन्दूर' हिन्दू विवाहित महिलाले लगाउने रातो पदार्थ हो, र यसलाई सांस्कृतिक रूपमा सम्मान, पहिचान र संस्कारसँग जोडिएको मानिन्छ। तर यहाँ प्रयोग गरिएको ‘सिन्दूर’ नाम प्रतीकात्मक बदला र श्रद्धाञ्जलीको रूपमा लिइएको छ। पहलगामको आक्रमणमा धर्म पहिचानका आधारमा पुरूषहरूलाई लक्षित गरी हत्या गरिएको थियो।

के-के स्थानमा हमला?
पाकिस्तानको पंजाब प्रान्तको बहावलपुर (जहाँ जैश-ए-मोहम्मदको आधार छ) र मुरिदके (जहाँ लश्कर-ए-तैयबाको मुख्यालय छ) सहित, पाकिस्तान-अधिकृत कश्मीरको कोटली र मुझफ्फराबादमा हवाई आक्रमण गरिएको भारतीय स्रोतले जनाएको छ।

भारतको आधिकारिक वक्तव्यमा भनिएको छ:“यो कारबाही पहलगामको बर्बर आक्रमणमा संलग्नहरूलाई सजाय दिलाउन गरिएको हो। त्यस आक्रमणमा २५ जना भारतीय र १ जना नेपाली नागरिकको ज्यान गएको थियो। हामीले जुन वाचा गरेका थियौं, त्यसअनुसार कारबाही गरेका छौं।”

सन् २०१९ मा भारतीय वायुसेनाले 'अप्रेशन बन्दर' को नाममा बालाकोटमा हमला गरेको थियो, जुन पुलवामा आक्रमणको जवाफ थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको