नबराज सुबेदिको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको निमित्त गठित जनआन्दोलन समिति पछिल्लो समय सकृय देखिएको छ ।
समितिको आयोजनामा आज बैशाख २५ गते सुकेधारास्थित नबदुर्गा पार्टी प्यालेसमा आन्दोलनको घोषणा गर्ने तयारी गरिएको जनाईएको छ ।
घोषणा सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन , राप्रपा नेपालका अध्यक्ष कमल थापा , राष्ट्रिय शक्ति नेपालका केशरबहादुर बिष्ट, नेपाली काङ्ग्रेस (बिपि)का सुशिलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायत राजाबादी हिन्दुबादी संघ, संस्था र अभियानको सहभागीता रहने बुझिएको छ ।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले नबराज सुबेदिको नेतृत्वमा रहेको जनआन्दोलन समितिले आन्दोलनको घोषणा गर्ने र सो कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाको उपस्थिति हुने पुष्टि गरे ।
उनले भने " कार्यक्रममा पार्टी अध्यक्ष थापा सहभागी हुनुहुन्छ, भ्रष्ट ब्यबस्था र शासकबाट मुक्तिको लागि आन्दोलन अपरिहार्य छ, आन्दोलन शान्तिपुर्ण हुनेछ" । बिहिबार हुने कार्यक्रममा विभिन्न ५० भन्दा बढी संघ संस्थाहरुले अब हुने आन्दोलनमा समर्थन जनाउदै प्रतिबद्धता ब्यक्त गर्ने तयारी रहेको स्रोतको दाबी छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस