सेयर बजारमा उछाल देखिएको छ । मंगलबार सामान्य अंकले बढेको पुँजी बजारले आज ६१ अकंले छलाङ हानेको हो ।
आज नेप्से ६१.२६ अकंले बढेर २६७२.७० बिन्दुमा बन्द भएको छ। आज ३०८ कम्पनीको २ करोड ७२ लाख ४५ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५१ करोडको कारोबार भएको छ।
यसदिन १३ वटै उपसूचकमा हरियाली देखिएको छ । आज फाइनान्स समूहको सर्वाधिक ५.५५ प्रतिशतले बढेको हो । बुधबार २२७ कम्पनीको सेयरमूल्य बढेको छ भने १८ कम्पनीको मात्रै मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोको सेयर किनबेच भएको छ । आज यस कम्पनीको ५९ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ५४ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ४३ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बुटवल पावर कम्पनी र ओम मेगाश्रीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४.४३ प्रतिशतका दरले गुमाएका हुन् ।
यतिबेला अर्थतन्त्र लयमा आइरहेको छ । बैंकको ब्याजदर समेत निरन्तर ओरालो यात्रा तिर गइरहेको छ । नियामक निकायले समेत विस्तारै सेयर बजार सम्बन्धी लचिलो नीति ल्याई रहेको छ । जसका कारण बजार उकालो यात्रामा तय गर्ने अपेक्षा राख्न सकिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस