नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम भएको छ । शुक्रबार एकै दिन सुनतोलामा ३ हजार ९०० रुपैयाँले बढेसँगै फेरि नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ८५ हजार रुपैयाँ कायम भएको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी शुक्रबार चाँदीको मूल्य सामान्य बढेको छ । चाँदि प्रतितोलामा ५ रुपैयाँले बढेर १ हजार ९०५ रुपैयाँ कायम भएको छ । बिहीबार १ तोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस