Like us!
Follow us!
Connect us!
Watch us!

युट्युबबाट करोडौं भ्यु बिना पैसा कमाउने ४ सजिला उपायहरू

अर्थ संसार

सोमबार, १५ बैशाख २०८२, ०८ : ०५ मा प्रकाशित

युट्युबबाट करोडौं भ्यु बिना पैसा कमाउने ४ सजिला उपायहरू

अब युट्युब केवल भिडियो हेर्ने प्लेटफर्म मात्र होइन, आम्दानीको ठूलो अवसरसमेत बन्न थालेको छ। पहिले भ्युजकै भरमा कमाई हुने सोच थियो, तर आजका दिनमा करोडौँ भ्यु नभइकन पनि युट्युबबाट हजारौंदेखि लाखौं रुपैयाँ कमाउन सकिन्छ।

यहाँ युट्युबमार्फत कमाई गर्ने चार स्मार्ट तरिकाहरू छन्:

 युट्युब साझेदार कार्यक्रम (YouTube Partner Program)
जब तपाईंको च्यानलले १००० सदस्य र ४००० घण्टा हेर्ने समय पूरा गर्छ, तपाईं युट्युबको पार्टनर प्रोग्राममा सामेल भइ विज्ञापनबाट कमाइ गर्न सक्नुहुन्छ। कमाइ भ्युमा होइन, विज्ञापन हेर्ने र क्लिक गर्ने आधारमा हुन्छ।

ब्रान्ड प्रवर्द्धन (Brand Promotion)
साना तर सक्रिय दर्शक समूह भए पनि विभिन्न ब्रान्डहरूले तपाईंलाई आफ्नो उत्पादनको प्रवर्द्धनका लागि प्रस्ताव पठाउँछन्। तपाईं भिडियोमा उनीहरूको उत्पादन उल्लेख गरेर राम्रै रकम कमाउन सक्नुहुन्छ।

एफिलिएट मार्केटिङ (Affiliate Marketing)
भिडियोको विवरणमा शपिंग साइटहरूका लिंक राखेर पनि कमिशन कमाउन सकिन्छ। जब दर्शकहरूले तपाईंको लिंकबाट किनमेल गर्छन्, तपाईंले प्रत्येक बिक्रीमा हिस्सा पाउनुहुन्छ। प्राविधिक, फेसन, सौन्दर्य र समीक्षा सम्बन्धी च्यानलहरूका लागि यो निकै लाभदायक हुन्छ।

आफ्नै उत्पादन वा ब्रान्ड बिक्री (Sell Your Products & Build a Brand)
यदि तपाईंको आफ्नै डिजिटल वा भौतिक उत्पादन छ भने, जस्तै इ–बुक, अनलाइन कोर्स, टी–शर्ट, उपहार सामग्री आदि, तपाईंले युट्युबमार्फत बिक्री बढाउन सक्नुहुन्छ। यसले तपाईंलाई आफ्नो ब्रान्ड बनाउने मौका दिन्छ र दीगो आम्दानीको बाटो खोल्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको