Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओमा ७ प्रतिशत कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डको स्पष्टीकरण

अर्थ संसार

मंगलबार, २३ बैशाख २०८२, १७ : १० मा प्रकाशित

आईपीओमा ७ प्रतिशत कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डको स्पष्टीकरण

नेपाल धितोपत्र बोर्डले जलविद्युत कम्पनीहरूको आईपीओ स्वीकृति प्रक्रियामा ७ प्रतिशतसम्म कमिसन मागिएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै स्पष्टीकरण दिएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले ती समाचारहरू भ्रामक र निराधार भएको बताएका छन्।

उनले बजार सुधारका प्रयासहरूबाट आत्तिएका केही व्यक्तिहरूले गलत सूचना फैलाएको आरोप पनि लगाएका छन्। साथै, कसैले बोर्ड अध्यक्षको नाममा कमिसन मागेको वा अन्य गैरकानुनी गतिविधि गरेको थाहा पाएमा सोबारे प्रमाणसहित जानकारी गराउन आम नागरिकलाई आग्रह गरिएको छ।

यसअघि केही जलविद्युत कम्पनीहरूले आईपीओ प्रक्रिया अघि बढाउने क्रममा बिचौलियाहरूले धितोपत्र बोर्ड अध्यक्षको नाममा ७ प्रतिशतसम्मको कमिसन मागेको आरोप लगाउँदै आएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको