Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको ओरालो यात्रामा ब्रेक,८ अर्ब ७४ करोडको कारोबार

अर्थ संसार

मंगलबार, २३ बैशाख २०८२, १५ : १५ मा प्रकाशित

सेयर बजारको ओरालो यात्रामा ब्रेक,८ अर्ब ७४ करोडको कारोबार

लगातारको पाँच दिनको ओरालो यात्रामा ब्रेक लागेको छ । मंगलबार बजार झिनो अकंले बढ्न पुगेको हो । आज नेप्से १.०३ अकंले बढेर २६११  बिन्दुमा कायम भएको छ । आज ३१८ कम्पनीको २ करोड ५ लाख ४२ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७४ करोडको कारोबार भएको छ ।

आज पाँच उपसूचकमा सुधार देखिएको छ भने आठ उपसूचक राताम्य हुन पुगेका हुन् । आज १२० कम्पनीको सेयर मूल्य बढ्दा १२६ कम्पनीको घटेको छ ।आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ९२ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ६७ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको