भारतीय सेनाले पाकिस्तानविरुद्ध सुरु गरेको ‘अपरेशन सिन्दूर’ लाई चीनले खेदजनक भनेको छ ।
पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रहरूमा हवाई हमला गरेपछि विश्वका विभिन्न देशहरूबाट प्रतिक्रिया आइरहेका छन् । यहीक्रममा बुधबार एक वक्तव्य जारी गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतको बिहानैको आक्रमणलाई ‘दुर्भाग्यपूर्ण’ भनेका छन् र दुबै देशलाई तनाव बढ्न नदिई संयम अपनाउन आग्रह गरेका छन्।
‘हामी जारी परिस्थितिप्रति चिन्तित छौं। भारत र पाकिस्तान एकअर्काका छिमेकी हुन् र उनीहरू चीनका पनि छिमेकी हुन्’ प्रवक्ताले भने, ‘चीन सबै प्रकारका आतंकवादको विरोध गर्छ। हामी दुबै पक्षलाई शान्ति र स्थायित्वका लागि आत्मसंयम अपनाउन, उक्साउने कार्य नगर्न र अवस्था झन् जटिल नबनाउने कार्यबाट टाढा रहन आग्रह गर्छौं।’
भारतीय वायु सेनाले ‘अपरेसन सिन्दूर’ अन्तर्गत पाकिस्तान र पीओकेमा रहेका नौ वटा लक्ष्यमा क्षेप्यास्त्र आक्रमण गरेको थियो।चीनले भारत र पाकिस्तान एक अर्काका छिमेकी रहेको र ती दुवै देश चीनको छिमेकी रहेको बताएको छ। चीनले सवै प्रकारको आतंकवादको विरोध गर्ने पनि विज्ञप्तीमा उल्लेख छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस