Like us!
Follow us!
Connect us!
Watch us!

४८ करोडमा बनेको अजय देवगनको रेडः २ को कमाइ अब १५० करोडमाथी

अर्थ संसार

आइतबार, २८ बैशाख २०८२, २० : ५९ मा प्रकाशित

४८ करोडमा बनेको अजय देवगनको रेडः २ को कमाइ अब १५० करोडमाथी

अजय देवगनको फिल्म ‘रेड २’ को ‘अपरेशन सिन्दूर’ पछिको साताको दिनमा जसरी कमाई बढेको छ, त्यसले पनि यस्तो संकेत गरिरहेको छ कि अब यो फिल्म २०० करोडको यात्रामा निस्किएको छ । 

फिल्मले दशौं दिन बिहान साढे १० बजेसम्म ८ करोड रुपैयाँ कमाएको सकनिल्कले बताएको छ । अर्थात् पछिल्लो ३–४ दिनको तुलनामा फिल्मले आज धेरै कमाइ गरिरहेको छ । फिल्मको घरेलु बजारमा कुल कलेक्सन १११.९० करोड रहेको छ ।

सैकनिल्कका अनुसार ४८ करोडमा बनेको रेड २ फिल्मले ९ दिनमा विश्वभर १३७.८० करोड कमाइसकेको छ । यसमा आजको कलेक्सन जोड्ने हो भने यो १४५ करोडभन्दा माथि पुगेको छ । र अब फिल्म चाँडै नै १५० करोडको आँकडा पार गरेर २०० करोडतर्फ अघि बढ्नेछ ।

अजय देवगन, रितेश देशमुख र अमित सियाल अभिनित राजकुमार गुप्ता निर्देशित फिल्मले निकै तारिफ बटुलि रहेको छ । फिल्ममा वाणी कपुर र सौरभ शुक्लाको पनि महत्वपूर्ण भूमिका छ । यो फिल्म २०१८ को रेड को सिक्वेल हो, जसमा अजय फेरि अमय पटनायकको भूमिकामा छापा मार्दै हिडेको देखिएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको