Like us!
Follow us!
Connect us!
Watch us!

स्थगित आइपीएलको खेल मे १७ वाट सुचारू हुने

अर्थ संसार

मंगलबार, ३० बैशाख २०८२, १० : २१ मा प्रकाशित

स्थगित आइपीएलको खेल मे १७ वाट सुचारू हुने

आईपीएल २०२५ को बाँकी खेल अब मे १७ बाट फेरि सुरु हुनेछ।

लिग चरणका बाँकी १३ खेलहरू ६ स्थानहरूमा हुने पनि तय भएको छ । प्लेअफ चरण मे २९ देखि खेलाइने छ, जसको फाइनल जुन ३ मा हुनेछ। बिसिसिआइले आफ्नो सोशल मिडिया ह्यान्डलमा यो जानकारी दिएको हो।

पाकिस्तानसँगको तनावका कारण ९ मेमा जारी आईपीएलको लिग चरणको खेल नै खेल्दा खेल्दै स्थगित गरिएको थियो । प्रतियोगिता रोक्ने क्रममा बीसीसीआईले देश अहिले युद्धको अवस्थामा रहेको बताएको थियो । यस्तो अवस्थामा क्रिकेट प्रतियोगिता आयोजना गर्नु ठीक होइन भन्ने उसको निष्कर्षका साथ खेल स्थगित गरिएको हो ।

अब पहिलो खेल आरसीबी र केकेआर बीच बैंगलोरमा १७ मेमा हुनेछ । बाँकी खेल जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबादमा हुनेछन् । लिग चरण मे २७ मा समाप्त हुनेछ। दुई डबल हेडरहरू भने मे १८ र २५ मा खेलिने छन्। यसको मतलब ११ दिनमा १३ लिग चरण खेलहरू हुनेछन्।

गत मे ८ मा धर्मशालामा हुने पञ्जाब र दिल्लीबीचको खेल पाकिस्तानको आक्रमणका कारण रोकिएको थियो । अब सो खेल जयपुरमा २४ मेमा हुनेछ । प्लेअफ खेल हुने स्थान भने तय भएको छैन । यसअघि हैदरावाद र कोलकातामा २–२ प्लेअफ खेल हुने भनिएको थियो ।

आइपीएल अन्तर्गत ७४ खेलहरू खेल्नुपर्ने थियो। मे ९ सम्म ५७ खेलहरू खेलिसकेका थिए। मे ८ मा ५८औँ खेल बिचमै रोकिनु परेको थियो । अर्थात् अब १७ खेल बाँकी छन् । जसमध्ये १३ खेल लिग चरणका र ४ खेल प्लेअफ चरणका छन् ।
मुम्बई, कोलकाता, राजस्थान र चेन्नईका दुई–दुई लिग खेल बाँकी छन् । बाँकी टोलीले अझै तीन तीन लिग खेल खेल्न बाँकी छ। एउटा टोलीले १४ वटा लिग खेल खेल्नुपर्ने हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको