Like us!
Follow us!
Connect us!
Watch us!

महालेखा परीक्षकको प्रतिवेदनमा देखिएको बेरुजुले अर्थतन्त्र र सरकारको कार्यक्षमतामाथि प्रश्न उठाएको छ - ठाकुर गैरे

अर्थ संसार

विहीबार, ०१ जेठ २०८२, १२ : ०५ मा प्रकाशित

महालेखा परीक्षकको प्रतिवेदनमा देखिएको बेरुजुले अर्थतन्त्र र सरकारको कार्यक्षमतामाथि प्रश्न उठाएको छ  - ठाकुर गैरे

नेकपा एमालेका सांसद ठाकुर गैरेले महालेखा परीक्षकको प्रतिवेदनले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको सरकारको कार्यक्षमतामाथि प्रश्न उठेको बताएका छ । 

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद गैरेले भने, ‘महालेखा परीक्षकको कार्यालयले हिजो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको वार्षिक प्रतिवेदनमा देखिएको बेरुजुले हाम्रो अर्थतन्त्र र सरकारको कार्यक्षमतामाथि प्रश्न उठाएको छ ।’ 

सांसद गैरेले राज्यका निकाय र त्यससँग जोडिएका व्यक्तिले आर्थिक अनुशासन पालना गर्न नसक्दा यस्तो समस्या देखिएको बताए ।  उनले बेरुजु बढ्दै गएमा हामी कहाँ पुग्छौ भन्दै प्रश्न समेत गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको