Like us!
Follow us!
Connect us!
Watch us!

टेरामक्स खरिद घोटला प्रकरणः सांसद मोहन बस्नेतसहित १६ जना र २ कम्पनीविरूद्ध मुद्दा दायर

अर्थ संसार

विहीबार, ०१ जेठ २०८२, १३ : ३३ मा प्रकाशित

टेरामक्स खरिद घोटला प्रकरणः सांसद मोहन बस्नेतसहित १६ जना र २ कम्पनीविरूद्ध मुद्दा दायर

कांग्रेस सांसद मोहन बहादुर बस्नेतसहित १६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। उनीहरूलाई टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रियामा अनियमितता गरी ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार रुपैयाँभन्दा बढीको सार्वजनिक हानि पुर्‍याएको आरोप लगाइएको छ।

अख्तियारले टेरामक्स परियोजनासँग सम्बन्धित अनियमिततामा संलग्न भएको भन्दै १५ जना नेपाली नागरिक, एक जना विदेशी नागरिक र दुईवटा कम्पनीलाई गरी १८ जना प्रतिवादी बनाएको छ।

मुद्दामा नाम उल्लेखित अन्य प्रमुख प्रतिवादीहरूमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, तत्कालीन सदस्यहरू धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, पूर्वअध्यक्ष पुरुषोत्तम खनाल, निर्देशक बिजयकुमार राय, उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र, निर्देशक सुरेन्द्रलाल हाडा, दिपेश आचार्य र उपनिर्देशक संदीप अधिकारी रहेका छन्।

यस्तै, परामर्शदाता कम्पनी ‘भ्यानराइज सोलुसन साल’का सीईओ जमल अनउटी, कम्पनीका स्थानीय एजेन्ट कनेक्सन ट्रेड लिंक प्रालि, त्यसका अध्यक्ष दिलिप कुमार गुरुङ र निर्देशक तेजप्रसाद खरेललाई समेत प्रतिवादी बनाइएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको