डिजिटल भुक्तानी सेवा प्रदायक कनेक्ट आइपीएसले बीमा ग्राहकलाई लक्षित गरी नयाँ अफर सार्वजनिक गरेको छ।
'सुरक्षा सँगै क्यासब्याक, कनेक्ट आइपीएसको साथ' नाम दिइएको उक्त अफर जेठ ४ गतेदेखि साउन ३१ गतेसम्म लागू हुनेछ।
अफरअन्तर्गत, कनेक्ट आइपीएसमार्फत लाइफ इन्स्योरेन्स (जीवन बीमा) प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताहरूले क्यासब्याक जित्ने मौका पाउनेछन्। कम्पनीका अनुसार, हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्तालाई रु १,००० क्यासब्याक दिइनेछ। त्यस्तै, हरेक महिना एक जना विजेताले तिरेको प्रिमियम रकमबराबर वा अधिकतम २०,००० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
कनेक्ट आइपीएसको यो अफरले डिजिटल माध्यमबाट बीमा प्रिमियम भुक्तानी गर्न प्रयोगकर्तालाई प्रोत्साहित गर्नुका साथै थप सहज र आकर्षक बनाउने उद्देश्य राखिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस