काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेमा रहेको सिग्मा कलेजको क्यान्टिनमा बुधबार आगलागी भएको छ । सशस्त्र प्रहरी बलका अनुसार क्यान्टिनमा ग्यास लिक भएर आगलागी भएको हो ।
आगलागीबाट क्यान्टिनमा रहेका सामान जलेर नष्ट हुँदा करिब तीन लाख रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा आगो लिएका छन् ।
आगलागी बिहान करिब ८ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस